विराटनगर । इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा विराटनगरमा हुने भएको छ ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा चैत ४ देखि ७ गतेसम्म हुने भएको हो । प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि -२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । प्रतियोगिता ५० ओभरको १ र ३ वटा टि-२० प्रतियोगिता हुने उनले बताए ।
विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिकोतर्फबाट रुबीना क्षेत्रीको कप्तानीमा प्रतियोगता खेल्नेछन् । विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, आष्मा कर्मचार्य, कविता गौतम, सानु राजवंशीलेलगायतका अन्तराष्ट्रिय महिला खेलाडीहरुले खेल्नेछन् । उक्त प्रतियोगिता विराटनगर ६ स्थित मेल्बन ज्वाला क्रिकेटको खेलमैदानमा हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमागन गरिएको छ । प्रतियोगिताको विजेतासहित बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट किपरले पुरस्कार पाउने बताइएको छ ।


115 पटक हेरिएको 












