प्रदेश सरकारलाई जसपाले दिएको समर्थन फिर्ता लिनुपर्छः राष्ट्यि समिति

पथरी । जनता समाजवादी पार्टी नेपालको राष्ट्यि समितिहरुले कोशी प्रदेश सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिनुपर्ने आम जनताको माग रहेको अवगत गराएको छ ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै उल्लेख गरिएको छ, ‘प्रदेश न. १ को सरकारलाई दिएको समर्थन फिर्ताका साथै जसपाका मन्त्रीलाई तत्काल राजीनामा गराएर पहिचानवादीहरूको सरकार गठनका लागि मार्ग प्रशस्त गर्नु नै सही राजनीतिक निणर्य हुने आम जनताको माग रहेकोछ ।’
हेरौ विज्ञप्तिको पूर्ण पाठ
प्रेस विज्ञप्ती
(१) कोशी प्रदेश खारेज गरी प्रदेश नं. १ पुन: नामाङ्कन आन्दोलनको क्रममा चैत ५ गते बिराटनगरमा भएको विशाल जनप्रदर्शनमा प्रहरीले गरेको हवाई फायर तथा अश्रुग्यासको गोलि टाउकोमा लागी घाइते हुनु भएका लाजेहाङ (पदम) लिम्बुको उपचारको क्रममा शाहदात प्राप्त गरेकाछन् । पहिचानको लागि यत्रो आन्दोलन र घटना हुँदा पहिचानवादीहरुको साझा पार्टी जसपा, नेपाल केन्द्रीय समितिको आधिकारिक धारणा अहिलेसम्म नआउदा शहिद लाजेहाङ (पदम) लिम्बुका परिवार लगायत आन्दोलनमा सहभागी लाखौ न्यायप्रेमी जनताले दु:ख महशुस गरिरहेको अवस्थामा पार्टीको आधिकारिक धारण सहित प्रेस विज्ञप्ती जारी गर्नु अपरिहार्य देखिन्छ ।
(२) त्यस घटनाको मुख्य जिम्मेवार ठहर गरिएको प्रदेश न. १ को सरकारलाई दिएको समर्थन फिर्ताका साथै जसपाका मन्त्रीलाई तत्काल राजीनाम गराएर पहिचानवादीहरूको सरकार गठनका लागि मार्ग प्रशस्त गर्नु नै सही राजनीतिक निर्णय हुने आम जनताको माग रहेकोछ ।
(३) शहिद पदम लिम्बुलाई घाइते बनाईको स्थानलाई लाजेहाङ (पदम लिम्बु) चोक नामकरण गरी सो स्थनामा लाजेहाङको शालिक निर्माण गर्न सरकार सहमत हुनु पर्दछ ।
(४) शान्तिपूर्ण आन्दोलनमाथी भएको दमन र दोषी पत्ता लगाउन सम्मानीत सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायधिशको नेतृत्वमा स्वतन्त्र छानविन समिति गठन गर्न माग गर्दछौं ।
(५) लाजेहाङ (पदम) लिम्बुलाई शहिद घोषणा, परिवारलाई उचीत क्षतीपूर्ती र घाईतेहरूको निशुल्क उपचार गर्ने प्रधानमन्त्रीले आन्दोलनकारीहरुसंग भेटघाटको क्रममा दिएको आश्वासन तत्काल कार्यन्वयन गर्नका साथै प्रदेश १ का सरकारी, गैरसरकारी, पालिका र वडा कार्यालयमा कोसी प्रदेश लेखिएका साईन बोर्ड र लेटरप्याड तुरून्त हटाई वार्ताको लागी वातवरण निर्माण गर्नु पर्दछ ।
(६) राज्यले जनताको शान्तिपुर्ण आन्दोलन माथि दमनकारी नीति लिएको हुनाले आन्दोलनकारीहरुको प्रतिरक्षाको लागि प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्स समितिद्वारा “युवा दस्ता” को गठन अपरिहार्य भएको छ ।
(७) कोसी नाम विरुद्ध र खारेजीको लागि आन्दोलन गर्न “प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्स समिती” निर्माण भएको छ । यस संघर्ष समितिमा जसपा, नेपाल, आन्दोलनकारीहरु मध्येको एक घटक दल हो । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्स समितिद्वारा घोषित सम्पुर्ण कार्यक्रम जसपा, नेपालको पनि कार्यक्रम भएको हुनाले सबै तह र तप्काका संगठन नेताकार्यकर्ता सबैलाई उच्च मनोबलका साथ आन्दोलनको कार्यक्रमहरुलाई सफल बनाउन हाम्रो लागि बाध्यात्मक अवस्था हो भन्ने ठान्दै मैदानमा उत्रन आव्हान गर्दछौं ।
धन्यवाद !
संघीय अभिवादन ।
जय १० प्लस १ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार