पथरी । कोशी नाम खारेजी र प्रदेश नं.१ लाई पहिचानको आधारमा पुनः नामाकरण गर्नको लागि अघि बढिरहेको संयुक्त आन्दोलनलाई सहयोग गर्न आन्दोलनर पक्षले अनुरोध गरेको छ । सोमबार प्रदेश नम्बर १ पुनःनामाकंन संयुक्त संघर्ष समितिले चैत १४ गतेदेखि १७ गतेसम्म अनिवार्य रुपमा कार्यालय बन्द गरि पहिचानको आन्दोलनलाई सहयोग गर्न अनुरोध गरेको हो । समितिले पथरी शनिश्चरे नगर कार्यपालिकाको कार्यालय, मातहतको १० वटा वडा कार्यालयहरुलाई अनुरोध पत्र बुझाएको छ । नगर प्रमुख मोहन तुम्बापो, वडा अध्यक्षहरुलाई अनुरोध पत्र बुझाएको हो ।



97 पटक हेरिएको 








