पथरी । कोशी प्रदेश खारेजीको माग गर्दै बुधबार पथरी शनिश्चरे नगरपालिकाको विभिन्न वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ ।
प्रदेश नम्बर १ पुनःनामाकंन संयुक्त संघर्ष समितिले पालिकाको वडा नम्बर ४, ७, ९ र १० को कार्यालयमा तालाबन्दी गरेको हो । सोमबार समितिले आन्दोलनलाई सहयोग गर्न अनुरोध गर्दै पालिकाको कार्यालय र मातहतको वडा कार्यालयहरुलाई अनुरोध पत्र बुझाएको थियो ।


124 पटक हेरिएको 












