बिराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङको हस्तवाहुलीबाट नेपाल पत्रकार महासंघ, मोरङद्वारा स्थापित षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार काशिराज दाहाल र हरि अधिकारीलाई प्रदान भएको छ । महासंघको मोरङको सभाहल विराटनगरमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसर पारेर गरिएको थियो । पुरस्कृत काशिराज दाहाल सूचनाको अभियन्ता हुन् भने हरि अधिकारी अनलाइन खबरका मोरङ सम्वाददाता हुन् ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख खापुङले सत्यतथ्य सूचना नै आजको आवश्यकता रहेको बताए । सूचनाको तथ्यतालाई नहेरी समाचार ल्याउनाले त्यसले परेको असरलाई खण्डनले पूरा नगर्ने प्रदेश प्रमुखज्यूले बताए।


123 पटक हेरिएको 








