काठमाडौं । आगामी वैशाख १० को उपनिर्वाचनमा बारा २ मा उम्मेदवारी दर्ता गराएका उपेन्द्र यादबलाई ३ दलले सघाउने भएको छ ।
जनता समाजवार्दी पार्टी, नेपालका अध्यक्ष समेत यादबलाई नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी), नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले सघाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजराज चौधरीका अनुसार सोमबार दिउँसो १७ जनाको उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजादी पार्टी (जसपा)बाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह, राष्ट्रिय स्वतन्त्रा पार्टी (रास्वपा)बाट रमेश खरेललगायतले उम्मदेवारी दर्ता गरेका छन् ।


121 पटक हेरिएको 








