पथरी । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को पथरीशनिश्चरे नगरपालिकाद्वारा अनुगमन गरिएको छ ।
नगरपालिका भित्र रहेको परीक्षा केन्द्रहरु अमरसिंह माध्यमिक विद्यालय, बुद्ध मावि, भागिरथ मावि र सिंहवाहिनी माविमा अनुगमन कार्य गरिएको हो ।
अनुगमनमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, शिक्षा शाखा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले, शिक्षा अधिकृत नविन खुलाल, वडा नं. ८ का वडाध्यक्ष तथा प्रवक्ता नविन कार्कीको सहभागिता रहेको थियो ।
नगरपालिकामा एसईई परीक्षामा छात्रा ६ सय २२ र छात्र ६४२ गरी जम्मा १२ सय ६४ जना सामेल रहेका छन ।


109 पटक हेरिएको 












