पथरी । बुधबार पथरी शनिश्चरे नगरपालिकाले बोलाएको सर्वपक्षीय बैठकमा नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्ने विषयमा एकमत देखिएको छ । जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाहरुको उपस्थिति रहेको बैठकले जग्गा खोजविन समिति गठन गरेको छ ।

सो जग्गा खोजविन तथा व्यवस्थापनको लागि नगर प्रमुख मोहनप्रसाद तुम्वापोको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारी सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा वडा नं. १० वडाध्यक्ष जीवन खतिवडा र शिव भट्टराई रहेका छन् ।
बैठकले पहिलो प्राथमिकता यसअघि नै सर्वदलीय सम्झौता भएको तथा सर्वोच्च अदालतले फैसला गरेको वडा नम्बर १० मा प्रशासनिक भवन निर्माणका लागि जग्गा खोजविन गर्न सहमति जुटाउने समेत निर्णय भएको प्रवक्ता नविन कार्कीले जानकारी दिए ।


106 पटक हेरिएको 












