कास्की । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले लाला गुरुङ(स्याङ्जा)लाई नेतृत्वमा चयन गरेको छ । चैत २४ देखि कास्कीमा जारी महाधिवेशनले उपाध्यक्षमा खिमा गुरुङ (कास्की),महासचिवमा चित्र बहादुर गुरुङ (चितवन), सचिवमा कुमार गुरुङ (रुपन्देही) र कोषाध्यक्षमा अनिता गुरुङ (गोर्खा)लाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा केशव गुरुङ (गोर्खा), किरण गुरुङ (कास्की), दोलख गुरुङ (धादिङ), ईन्द्र बहादुर गुरुङ (कास्की), केशव गुरुङ (काठमाडौ) र दान बहादुर गुरुङ (चितवन)लाई चयन गरेको पुर्व केन्द्रिय सदस्य नवीन गुरुङ्ले जनाए ।


135 पटक हेरिएको 












