काठमाडौं । आगामी बैशाख १० गते आइतबारका दिन हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनमा मधेस प्रदेशको बारा – २ मा जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादलाई जिताउन अपिल गरिएको छ । उपेन्द्र यादव पाँच दलिय गठबन्धन दलहरूको साझा सर्वसम्मत उम्मेदवार रहेको यादबलाई जिताउन जसपा निकट राष्ट्रिय समितिहरुले आग्रह गरेको छ । ।
खगेन्द्र माखिम, अध्यक्षः लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, शेर्पालुङ राष्ट्रिय समितिका अध्यक्ष दावा शेर्पा, मधेस राष्ट्रिय समितिका अध्यक्ष जयराम यादब, दलित विशेष प्रदेश समितिका सह ईन्चार्ज दलमर्दन कामी, ताम्सालिङ राष्ट्रिय समितिका अध्यक्ष ज्ञानु लामा, नेवाः राष्ट्रिय समितिका कार्यबाहक अध्यक्ष ओमकृष्ण श्रेष्ठ, तमुवान राष्ट्रिय समितिका अध्यक्ष मन बहादुर गुरुङ, मगरात राष्ट्रिय समन्वय समितिका अध्यक्ष नेत्र थापा मगर, खसान राष्ट्रिय समितिका इञ्चार्ज प्रेम थापा र प्रवास विशेष प्रदेश समितिका इञ्चार्ज आङकाजी शेर्पा हस्ताक्षरित विज्ञप्तिमा सो आग्रह गरेको हो ।
‘उपेन्द्र यादव, नेपाली राजनीतिमा संघीयताका पिता साथै मधेस आन्दोलनका नायक हुनु हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ, ;मधेसी, उत्पीडित, उपेक्षित, विभेदमा रहेका दलित/ शिल्पी तथा पिछडावर्ग सबैका अविभावक हुनुहुन्छ । मधेस प्रदेशको स्थापनापछि अब मधेसको विकास र समृद्धिका गर्नु छ, सिंगो नेपाली राजनीतिलाई सहि संघीयताको लिकमा हिडाउनु छ, पहिचानको आन्दोलनमा सहादत हुनु भएका मधेसी लगायत शहिदहरुको सपना साकार पार्नु छ, बारा जिल्लाको समग्र उन्नति प्रगति र विकास गर्नुछ, यसका लागि संघीय संसदमा उपेन्द्र यादव ज्युको आवश्यकता छ ।’


127 पटक हेरिएको 












