बान्तवा राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालीले जिते

पथरी । ‘सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता—२०७९’ को उपाधि पूर्ब राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले जितेका छन ।
फ्रेण्डसीप चेस क्वब पथरी शनिश्चरेको आयोजना गरेको प्रतियोगितामा १५ वटा मुख्य र १६ वटा क्याटागोरी गरेर ३१ वटा नगदसहितको पुरस्कारको ब्यबस्था गरेको थियो । प्रतियोगितामा खोमप्रसाद तिम्सिना दोस्रो, प्रकाशचन्द्र नेपाल तेस्रो र पुकार राई चौथो पुरस्कार जितेका छन । प्रथम, दिद्धिय, तृतीय र चौथो हुने खेलाडीहरुलाई क्रमश: ५१, ३५, २५ र २० हजार नगद प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो । नवीन तन्तुकार, पुरुषोतम चौलागाई, सुमन श्रेष्ठ, विश्वविजय घिमिरे, भुपेन्द्र निरौला, प्रेम लिम्बू, रिसन थापा, चुडामणि कुलुङ राई, लोकसागर साम्बा, बलबहादुर तामाङ र निलम बस्नेत क्रमश: पाँचौदेखि मुख्य १५ स्थानको पुरस्कार जितेका छन । पाँचौदेखि १५ औं खेलाडीहरुलाई १५ हजारदेखि क्रमश: ७५ सय नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
क्याटागेरी स्थानहरुमा बसन्त लामा प्रदेश नं. १ को प्रथम, अनरेटेडमा बलबहादुर बस्नेत, भ्याट्रनमा उद्यपराज थापा, महिलामा सिन्दिरा जोशी, इलो १७०० मा प्रशान्तदास चेम्जोङ, इलो १५०० अबिन पाण्डे, स्थानीय विद्यालय प्रथम पुस्कर राई, दोस्रो बिप्लव मगर, फरक क्षमता भएका मध्ये क्रिस सेनेहाङ, अनुशासित खेलाडीमा रोहित सुब्बा, १४ बर्ष मुनिकामा पुर्निमा गुरुङ, १० बर्ष मुनि खेलाडीमा युआन बज्रचार्य, उत्सव थापा, सौरव बस्नेत र उदियमान खेलाडीमा आयुस मगरले जितेका छन् ।
प्रतियोगिताको मोरङ प्रथम उमेश राई भएका छन भने पथरी शनिश्चरेका खेलाडीहरु मध्ये कृष्णकुमार राई प्रथम, देवेन्द्र वनेम दोस्रो, जीवन राई तेस्रोे भए । देशभरबाट ११५ जना खेलाडी सहभागी भएको प्रतियोगिताको पुरस्कार पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको हातबाट प्रदान गरिएको थियो ।
चैत्र २४ देखि २७ गतेसम्म भएको प्रतियोगितामा खेल्न बुद्धिचालको वर्तमान राष्ट्रिय च्याम्पियन पुरुसोतम चौलागाई, पूर्व च्याम्पियनहरु बद्रीलाल नेपाली, नवीन तन्दुकर, भुपेन्द्र निरौला, महिला च्याम्पियन सिन्रिा जोसी लगायतका खेलाडीहरु आएका थिए ।
अन्तर्राष्ट्रिय रुपमा अनुभव प्राप्त खेलाडीहरु सुबासचन्द्र नेपाल, राजन सुवेदी, रामसुरतप्रसाद साहा, अविन पाण्डे, कमल बेलबासे लगायतका खेलाडीहरु सहभागी रहेको आयोजक संस्थाका सचिव लोकसागर साम्बाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार