लेखक मेन्याङ्बोको निधन

धरान । लेखक एवम पूर्व ब्रिटिस सेना अक्कलबहादुर मेन्याङ्बोको ९१ वर्षको उमेरमा निधन भएको छ । धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संघन कक्षमा उपचारको क्रममा आज दिउँसो दुःखत निधन भएको उनका भतिज दिपक मेन्याङ्बोले जनाए । करिब तीन वर्षयतादेखि भने दीर्घरोगबाट पीडित थिए भने प्रोस्टेट क्यान्सर समेत भएको थियो तर, उक्त क्यान्सर निको भइसकेको भतिज दीपक मेन्याङ्बोले जानकारी दिए ।
धरान ८ धनकुटे रोडमा बस्दै आएका मेन्याङ्बो सन् १९६७ तिर लप्टन पदबाट अवकाश भएपछि समाज सेवा, व्यवसाय तथा लेखन कार्यमा तल्लिन थिए । मेन्याङ्बो कल्याणकारी संस्थाका संस्थापक अध्यक्ष, कोशी बस व्यवसायी संघका अध्यक्ष, नेपाल यातायात महासंघका केन्द्रीय सदस्य, नेपाल राष्ट्रिय भूपू सैनिक संघका अध्यक्ष, डिपो माविका संस्थापक सदस्य, गणेशमानसिंह फाउन्डेशनका सुनसरी सल्लाहकार, किरात याक्थुङ चुम्लुङको संघीय सल्लाहकारलगायत दर्जनौ संघसंस्थामा आबद्ध थिए । मेन्याङ्बोले विभिन्न विषयमा लेखहरु प्रकाशित गर्दै आएका उनको लेखको संग्रह प्रकाशनको तयारी पनि गरिएको परिवारले जनाएको छ ।

एक पत्नी, ३ छोरा र एक छोरीका बुबा, वि.सं. १९८९ कात्तिक २९ गते ताप्लेजुङको साविक सिगैचामा जन्मेका मेन्याङ्बो मेन्याङ्बोको किरात धर्म परम्पराअनुसार सोमबार सदगद् गरिने भएको छ । दुई छोरा बेलायतमा रहेकाले पनि छोराहरु आएपछि मात्रै सदगद् गरिने तयारी गरिएको भतिज दीपकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार