वडामा संयुक्त संघर्ष समिति गठन

हल्दिबारी(झापा) । जिल्लाको हल्दिवारी गाउँ पालिका वडा नं. ५ मा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको वडा समन्वय समिति शुक्रवार गठन भएको छ ।
हल्दिवारी गाउँ समन्वय संघर्ष समितिका संयोजक ध्रुव मावोले जानकारी गराए अनुसार स्थानीय पहिचानवादी नेता टेकबहादुर फागोको संयोजकत्वमा २५ सदस्यीय वडा समन्वय संघर्ष समिति गठन भएको छ ।
पहिचानवादी नेता एलबि पालुङवा, ज्ञानु इम्बुङ, मिडिया संयन्त्र संयोजक गौरी राईको विशेष उपस्थितिमा सम्पन्न भेलाले ४ जना उपसंयोजकहरुमा भीम साँबा, वर्षात आङदेम्बे, हरि कन्दङ्वा र मंगल केरूङ, सदस्य सचिवमा अर्जुन नेम्बाङ र अर्थ संयोजकमा मनकुमार कन्दङवा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार