माओवादी नेता पुनको आमामाथि गोली प्रहार

काठमाडौँ । माओवादी केन्द्रका नेता पूर्व मन्त्री वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ । शुक्रबार राति १० वजे बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।
प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको अनन्तकी आमाको खुट्टामा गोली लागेको उनको ट्रमा सेन्टरमा उपचार हुँदै भइरहेको रातोपाटीले लेखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार