पथरी । शालिग्राम भजन किर्तन मण्डली परिवार पथरी शनिश्चरे ले माता सम्मान कार्यक्रम २०८० को आयोजना गरेको छ ।
आज नर्वदेश्वर मन्दिर पथरी शनिश्चरे १ मा आयोजित सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा ७० वर्ष माथिका माताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीमकुमार राई, भुल्के जाल्वा देवीकी अध्यक्ष एवं निवर्तमान उप–प्रमुख यमुना बिष्ट बास्तोला, समाजसेवी रुपनारायण भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


108 पटक हेरिएको 












