झापा । जिल्लाको झापा गाउँपालिकामा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ झापा गाउँसमितिले शनिवार भएको एक भेलाको आयोजना गरि हर्कराज खालिङ राईको संयोजकतामा अमृत भुजेल सदस्य सचिव रहने गरि ५१ सदस्य संयुक्त संघर्ष समिति गठन गरेका हो । कार्यक्रममा आदिवासी जनजाति महासंंघ झापाका निवर्तमान अध्यक्ष भारत श्रेष्ठ, किरात याक्थुङ चुम्लुङ प्रदेश सदस्य कविन्द्र शेर्मा, झापा अध्यक्ष तथा संघर्ष समिति झापाका सदस्य सचिव सेसेहाङ फियाक, यायोक्खा झापाका जिल्ला सदस्य गौरिमान राई लगायतको उपस्तिथि रहेको थियो । उक्त भेलामा किरात याक्थुम चुम्लुङ, यायोक्खा, राजवंंशी समाज , गनगाई, सन्थाललगायत स्थानीय जातीय संघ सस्थाबाट दर्जनौ प्रतिनिधिहरु सहभागी भएका थिए ।


117 पटक हेरिएको 












