सत्तारूढ दल जसपाले बनायो, संघर्ष समिति

बेलबारी । सत्तारूढ जनता समाजबादी पार्टी नेपाल(जसपा)ले प्रदेश नम्बर १ स्तरीय पुनः नामाङ्कन संघर्ष समिति बनाएको छ ।

सोमबार मोरङको उत्तर पुर्बको ८ वटा पालिकालाई समेटेर उत्तरी आर्कस्तरीय संघर्ष समिति बनाएको हो । समितिको संयोजकमा देउमान लिम्बू र सदस्य सचिबमा मातृका धिमाल रहेका छन् । मोरङको दक्षिणी बेल्टको संघर्ष समिति बैशाख २३ गते बनाउने बताइएको छ । प्रदेशस्तरीय संघर्ष समितिको संयोजक लोक सागर साम्बाले प्रदेश, जिल्ला, पालिका, वडा तह सम्म संघर्ष समिति बनाउने पार्टीको अभियान रहेको जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार