पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले बाल साहित्य महोत्सव २०८० को उद्घाटन गरेका छन् । हिजो पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रमुख अतिथि तुम्वापोले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गरे । पथरीशनिश्चरेमा अहिले वृहत् रुपमा कला र साहित्यले स्थान पाइरहेकोमा खुसी लागेको उनले बताए ।
कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको सो महोत्सव वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा साकेला नाच, कविता वाचन र आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो ।महोत्सवमा नियमित नाटक प्रदर्शन, चित्रकला कार्यशाला, साहित्य लेखन कार्यशाला, मूर्तिकला कार्यशाला, हस्त लेखन कार्यशाला, वाककला कार्यशाला, पुस्तक प्रदर्शनी, खाद्य स्टलहरू, विज्ञान प्रदर्शनी, लोकवाजा प्रदर्शनी, भेषभुषा प्रदर्शनी, स्वास्थ्य शिविर, चेस लगायत खेलकुद गतिविधि तथा विभिन्न स्टलहरू रहेका छन् । उद्घाटन कार्यक्रम अघि बुद्धचौकदेखि रत्नचौक, राजमार्ग हुँदै बहुमुखी क्याम्पससम्म झाकी सहितको र्याली निकालिएको थियो ।


116 पटक हेरिएको 












