काठमाडौ । सोमबार दिउँसो प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले संसद्मा कपडा खोलेका छन । सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए । त्यसपछि सांसद सिंह अहिले बैठकस्थलबाट बाहिए । बाहिर निस्केपछि घटनाको बिसयमा समाजिक संजालमा लेखेका छन्, `भ्रष्टाचारको विषयमा मलाई बोल्न समय दिइएन, यो बाहेक मसङग विकल्प थिएन।´
प्रतिनिधिसभाको दोस्रो अधिवेशनको आइतबार बसेको पहिलो बैठकमा सांसदद्वय प्रेम सुवाल र अमरेशकुमार सिंहले भ्रष्टाचारका सबै प्रकरणमा छानबिन गर्नुपर्ने बताएका थिए । नेकपा एमालेका सांसद अच्युत मैनालीले उनको स्वास्थ्य जाँचको माग गरेका छन् ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनको आइतबार बसेको पहिलो बैठकमा सांसदद्वय प्रेम सुवाल र अमरेशकुमार सिंहले भ्रष्टाचारका सबै प्रकरणमा छानबिन गर्नुपर्ने बताएका थिए ।


110 पटक हेरिएको 












