विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइयो

पथरी । मोरङको पथरी शनिश्चरेमा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ ।
नेपालमा सुर्ती जन्य पदार्थ नियन्त्रण र नियमनको लागि कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था र कार्यदिशा ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षता भएको कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, प्रशासकीय प्रमुख लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र नगर भित्रका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार