कम्पोष्ट विन वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा शहरीकरणमा रुपान्तरित कौशी खेती कार्यक्रम अन्तर्गत कम्पोष्ट विन वितरण गरिएको छ ।
आज शाखाको आर्थिक वर्ष २०७९/०८० को शहरीकरणमा रुपान्तरित कौशी खेती कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा कम्पोष्ट विन वितरण गरिएको हो । वडा नं. १ लक्षित सो कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र वडा नं. १ वडाध्यक्ष भीम राईले कम्पोष्ट विन वितरण गरेका हुन् ।
नगरपालिकामा भएको सो कार्यक्रममा ५९ वटा कम्पोष्ट विन वितरण गरिएको शाखा प्रमुख टिका राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार