वार्ता निष्कर्ष बिना नै सकियो

बिराटनगर ।  प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन गरेको साडे तीन महिनापछि भएको पहिलो वार्ता  सकिएको छ ।

वार्ता पाँच घण्टापछि कुनै निष्कर्ष बिना नै सकिएको छ।  सोमबार विराटनगरको विग होटलमा बसको वार्ता टोली निष्कर्षबिना नै उठेको हो। वार्ता सोहार्दपूर्ण रहेको सरकारद्वारा गठित वार्ता टोलीका संयोजक तिलकुमार  मेन्याङ्बोले बताए। उनले नामकरणको  विषय वस्तुमा प्रवेश गरेको बताउँदै  वार्ता पुन: बस्ने सहमति रहेको बताए पहिचान पक्षधरका वार्ता टोली सदस्य रामभक्त कुरुङबाङ्ले पनि विना निष्कर्ष टुङ्गिएको बताए ।

सोमबार बिहान पौने १० बजे  कोशी सरकारले बनाएको वार्ता टोली र आन्दोलनरत पक्षद्वारा गठित वार्ता टोलीबीच वार्ता सुरू भएको थियोे । सरकारको तर्फबाट खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।आन्दोलनरत पक्षका वार्ता टोलीमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगू छन् । दुबै पक्षका वार्ता टोली वार्तामा सहभागिता जनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार