पथरी । पथरी शनिश्चरे नगरपालिका वन तथा वातावरण समितिको आयोजनामा प्रस्तावित वन ऐन २०८० को विषयमा सुझाव संकलन गरिएको छ ।
शुक्रबार नगरका सम्पूर्ण सामुदायिक, धार्मिक वनका पदाधिकारीहरु र पथरी वन डिभिजन कार्यालयका प्रतिनिधिहरुसहित अन्तरक्रिया एवं सुझाव संकलन गरिएको हो । नगरपालिकाको वन तथा वातावरण समितिका संयोजक लोककिरण न्यौपानेले ऐन बारेमा प्रस्तुतीकरण गरिएको कार्यक्रममा नगरपालिकाका कानुनी सल्लाहकार दीपक राई, कर्मचारीद्वय सुरेन्द्र राई र दीपक गुरुङले पनि सहजीकरण गरेका थिए ।


73 पटक हेरिएको 








