भाउन्नेको साधारण सभाबाट अध्यक्षमा मगर सर्वसम्मत

बेलबारी(मोरङ) । भाउन्ने युथ क्लब बेलबारी १० मोरङको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार भएको सभाबाट सर्बसहमत रुपमा अमीर मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्देश राई, सचिवमा बालकृष्ण गुरुङ, सह-सचिबमा जगत धिमाल, कोषाध्यक्षमा सुमिता दङ्गाल राजवंशी र सदस्यहरुमा दिल कुमारी सुर्य मगर, कृष्ण याख्खा श्रेष्ठ, बिकास देब, ध्यान कुमार राई, रेनु तामाङ, डाईमन राई रहेका छन् । भाउन्ने सभा हलमा भएको साधारणसभा बेलबारी नगर कार्यपालिका सदस्य जाचमान याख्खाको प्रमुख आथित्य तथा सृजना सामुदायिक बनका अध्यक्ष देउमान सुब्बा र समाजसेवी शङ्कर गुरुङको बिशिस्ट आतिथ्यमा सप्पन्न भएको हो । जगत धिमालले स्वागत मन्तव्यमा भएको कार्यक्रम क्लबको अध्यक्ष सन्तोष तामाङको सभाध्यक्षमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार