यसरी नियुक्त भए मुख्यमन्त्री थापा

बिराटनगर । कोशी प्रदेशका परशुराम खापुङले मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई नियुक्त गरेका छन् ।

नव नियुक्त मुख्यमन्त्री थापाले बिहीबार साँझ ४ः५१ बजे प्रदेश प्रमुख खापुङसमक्ष नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा दाबी पेश गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम थापालाई नियुक्त गरिएको हो ।

धारा १६८(२) मा के छ?

आजै  प्रदेश प्रमुख परशुराम खापुङसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले), संसदीय दलको कार्यालय कोशी प्रदेश सभाले ध्यानाकर्षण पत्र बुझाएको थियो । आफूले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा मत विभाजन हुँदा ४६ मत प्राप्त गरेको तथ्य जाहेर गराउँदै सरकार गठनको लागि सभामुखसमेतलाई जोडेर दाबी गर्न आउन लागेको समाचार आएकोले ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार