कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले शपथ लिए

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङद्वारा कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई शपथ ग्रहण गराएका छन् ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा भएको सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री थापासहित कमल जबेगु र प्रदिप कुमार सुनुवारलाई मन्त्रीमा सपथ गराएका हुन् । झापा निवासी थापा नेपाली काङ्ग्रेसको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीअनुसार प्रदेश सभा सदस्य भएका थिए । नेकपा (एस) बाट निर्वाचित जबेगु पाँचथर निर्वाचन क्षेत्र नम्बर १(१)बाट र नेपाली काङ्ग्रेसबाट निर्वाचित सुनुवार ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित भएका थिए ।उनीहरूको जिम्मेवारी तोक्न भने बाँकी छ।

आजै नेकपा (माओवादी केन्द्र)बाट पनि मन्त्री नियुक्त गर्ने तयारी थियो।  माओवादीमा विवाद भएपछि मन्त्रीको नाम आउन सकेन।

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) भने सरकारमा सहभागी भएको छैन। पहिचानको आधारमा प्रदेशको नामकरण नहुँदासम्म सरकारमा सहभागी नहुने जसपाको अडान छ।

मुख्यमन्त्री थापालाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको समर्थन छ ।

तस्वीरहरु: प्रदेश प्रमुखको कार्यालय ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार