ओखलढुंगा । कोशी प्रदेश नामाङ्करणको विरुद्धमा प्रदर्शन गर्दै आएको पहिचाबादीहरुले ओखलढुंगामा प्रदर्शन गरिरहेको छ ।

शनिबार पहिचानबादीहरुले पहिचानको लागि युवा घोषणा सभाको आयोजना गर्दै प्रदर्शन गरिएको हो । तुम्लोखिम किराया ओखलढुंगामा हुने कार्यक्रम अघि मुकाममा र्याली निकालिएको थियो । र्यालीलाई नेपाल आदिवासी महासङ्घका निवर्तमान उपाध्यक्ष गोबिन्द छन्त्याल, पुर्व महासचिव आङ्काजी शेर्पा, किरात याक्थुङ चुम्लुङ्की महासचिव निरन्ती तुम्बापोलगायत पहिचानबादी अभियन्ताहरुले सम्बोधन गरेका छन् । प्रदर्शनकारीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कोशी प्रदेश लेखिएको अक्षर मेटाइदिएका छन् ।


116 पटक हेरिएको 








