पथरी । नेकपा (एमाले) पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ मा निर्वाचन भएको छ ।
सोमबार भएको निर्वाचनमा १ सय ४१ मत प्राप्त गरि वडा अध्यक्षमा पुनः प्रदिपकुमार राई निर्वाचित भएका छन् । स्पर्धी सुनिल खत्रीले ६६ मत ल्याए । वडा पार्टीको दोस्रो अधिवेशन असार १८ गते खुल्ला सभा भएको थियो । अध्यक्षमा दुई जनाको उमेद्वार परेपछि आज मतदान भएको थियो ।
वडामा २ सय ४१ प्रतिनिधि मध्ये २ सय ७ मत खसेको थियो ।
समितिको अन्य पदमा भने सर्वसहमत चयन भएको छ । उपाध्यक्षमा पुन्यबहादुर तामाङ, सचिबमा डिल्लि पौडेल, उपसचिवमा मिता कार्की, दुर्गाप्रसाद अधिकारी चयन भएको निर्वाचन समितिको सदस्य कुलमनी गुरुङले जानकारी दिए ।
सदस्यहरुमा साबित्रा कार्की, जानुका ढकाल, टेकबहादुर बस्नेत, लोकनाथ दुलाल, अमित लिम्बू, लिला गौतम, शोभाकुमारी शर्मा, लालबहादुर तामाङ, जयबहादुर तामाङ, काजि राई, शिवबहादुर लिम्बू, रमेश राई, रेखबहादुर श्रेष्ठ, प्रमिशा धिमाल, लक्ष्मी सुवेदी, सरिता ढाकाल, राजकुमार गुरुङ, रोमान्सि धिमाल र देवि राई रहेका छन् ।
निर्वाचित सम्पूर्ण पदाधिकारी सदस्यहरुलाई निर्वाचन समितिको संयोजक देवराज भण्डारीले आजै पद तथा गोपनियताको सपथ खुवाएका छन् ।


71 पटक हेरिएको 












