बिराटनगर । गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार कोशीको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था छ ।



76 पटक हेरिएको 








