शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ को कार्यालयले मंगलबार टोल सुरक्षा समिति गठन गरेको छ ।
दुले चोर नियन्त्रणका लागि टोल सुरक्षा समिति निर्माण कार्य सुरुवात गरेको वडा अध्यक्ष लोक किरण न्यौपानेले जनाए । भुजेल टोल दक्षिण रबि स्कुल उत्तर गैरी टोल, नमुना चोक आसपासलाई समेटिएर डिल्ली लिम्बुको संयोजकत्वमा समिति गठन गरिएको हो।वडा कार्यालयले साउन ३१ गते १ बजे अरबे र ३ बजे जनकल्याण चोकमा समिति गठन गर्न उपस्थितिको लागि आव्हान गरेको छ।
लागू पदार्थ दुव्यर्सनीको समस्या व्यापक रुपमा फैलिरहेको साथै सो को प्रभावले गाउँवस्तीमा अपराधिक गतिविधि तीब्र रूपमा बढेको देखिएकोले त्यस्ता गतिविधिको नियमन तथा नियन्त्रणका लागि टोल सुरक्षा समिति गठन गर्ने निर्णय वडा समितिले गरेको थियो ।



136 पटक हेरिएको 












