हल्दिबारी(झापा) । जिल्लाको हल्दिबारी गाउँ पालिकामा किरात याक्थुङ् चुम्लुङ्को तदर्थ गाउँ कार्य समिति गठन भएको छ ।
किरात याक्थुङ् चुम्लुङ् जिल्ला अधयक्ष सेसेहाङ् फियाकको संयोजकत्वमा साउन ३१ गते गोलढापमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो । युवा चुम्लुङ्कर्मी भिम साँबाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष, सचिव, र कोषाध्यक्षमा क्रमशः गीता राई आङ्देम्बे, डम्बर आङ्खेवा र डिकमान फागो रहेका छन् भने सदस्यहरुमा सुमन नेम्बाङ्, बुद्ध मावो, सञ्जय योङ्हाङ्, सन्तोाष माङ्युङ् र पवन थाम्सुहाङ् रहेका छन् ।
हल्दिबारीमा निवर्तमान अध्यक्ष भक्त केरुङ्को नेतृत्वमा रहेको किरात याक्थुङ् चुम्लुङ् गाउँ कार्य समितिले विगत ४ वर्षसम्म कुनैपनि गतिविधि नगरेको र समयमा गाउँ अधिवेशन पनि नगरी समिति निष्क्रिय राखेकोले जिल्ला शाखाले केरुङ्को नेतृत्वको समिति भङ्ग गरेको थियो ।


157 पटक हेरिएको 








