पशुपति टोलमा बाढीले क्षति पुर्‍यायो

पथरी । अविरल वर्षाले ढास खोलामा आएको बाढीले
पथरी शनिश्चरे वडा नं. १० पशुपति नगर टोलमा क्षति पुर्‍याएको छ । वर्षाका कारण डाँस खोलाले पुर्‍याएको क्षतिको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनुगमन गरी सो क्षेत्रमा तुरुन्त पाइलिङ र बोरा लगाएर तटबन्धन गर्न निर्देशन दिए। सोमबार परेको वर्षाले पशुपति नगर टोल क्षेत्रमा बाढी पस्ने प्रवल संभावना देखिएपछि प्रमुख तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य मिना तामाङ लगायतले अनुगमन गरेका छन् । वडा नं. १० का जनप्रतिनिधि र प्राविधिक देवकृष्ण यादवको अगुवाईमा तटबन्धन कार्य सुरु भइसकेको छ । सो कार्य सम्पन्न गर्न पशुपति नगर टोलवासीहरु पनि जुटिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार