बिराटनगर । मोरङ विराटनगर महानगरपालिका वडा नं.९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारिएको भन्ने सूचनाको आधारमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार १४ गतेदेखि बेपत्ता शिशुको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न ६ जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । प्रहरी टोलीले भदौ ५ गते पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । नवजात शिशुलाई समेत फेला पारी प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्ला भोजपुर, हतुवागढी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २७ को गोविन्द राई,तथापि मोरङ, विराटनगर महानगरपालिका वडा नं. २ घर भई दिपेश मेडिकल हल संचालक बर्ष ६८ का डा. तपेश्वर लाल कर्ण, मोरङ, बिराटनगर महानगरपालिका वडा नं.९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत बर्ष ३३ की सुधा राजवंशी, मोरङ, कटहरी गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४६ की दिलमाया राजबंशी, मोरङ कटहरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष ३० को सुर्य नारायण राजवंशी सिरहा कल्याणपुर नगरपालिका वडा नं. १२ वस्ने वर्ष ३८ की निर्मला यादवलाई पक्राउ गरेको हो।


66 पटक हेरिएको 








