हरियाली बनमा सर्वसम्मत समिति चयन
मोरङ । हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेको नेतृत्वमा पुनः काबुल बहादुर मगर विकासको एकल उम्मेदवारी परेको छ ।
१५ सदस्यीय समितिको सबै पदहरुमा एकल उम्मेदवारको मनोनयन दर्ता भएको छ । समितिको उपाध्यक्ष पदमा दिलबहादुर तामाङ, सचिव पदमा निर्माला चौहान, सहसचिव पदमा नारायण अधिकारी, कोषाध्यक्ष पद्मा जानुका खड्का चौहानको उम्मेद्धवारी दर्ता गराए । समितिको सदस्यहरुमा इन्दिरा मगर, रमा तामाङ, दुर्गा कुमारी चौहान, भत्तकुमार गेलाल, हरिबहादुर लामा तितुङ, कुमार गुरुङ, आतेजुङ राई, पूर्णकुमारी तामाङ, लिलामाया अधिकारी र शान्ति बराइलीको उम्मेद्धवारी दिएका छन् ।
त्यस्तै लेखा समितिको संयोजकमा रमेश दाहाल सदस्यद्धयमा चन्द्रबहादुर थापा र उर्मिलादेवी ढुङगेल पनि सर्बसम्मत निर्वाचित भएका छन । यश अघि नौ वटा टोलबाट नौ जना सदस्य सर्वसहमत चयन भएर आइसकेका छन् ।
१ हजार २८ घर उपभोक्ता रहेकोे समुहको नव निर्वाचित समितिलाई २३ गते साधरणसभाको दिन नै पद तथा गोपनियताको सपथ ग्रहण गराइने जनाएको छ ।
समूहद्वारा गठित निर्वाचन समितिको संयोजकमा शरदचन्द्र दाहाल, सदस्यहरुमा महेन्द्र ढुङ्गाना र रोहित बास्तोला रहेका छन् । निर्वाचन समितिले भदौ १३ गते मतदाता नामावली प्रकाशन, १४ गते दावी विरोध र अन्तिम नामवली प्रकाशन, १५ गते उमेद्वार दर्ता, १६ गते उमेद्वार विरुद्ध दावी विरोध, १८ गते उमेद्वारी फिर्ता र अन्तिम नामवली प्रकाशन २२ गते साधारण सभाको उद्घाटन र २३ गते मतदान हुने निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियोे ।
© 2021 sewaropost.com, Allright Reserved.

110 पटक हेरिएको