उर्लाबारी । सञ्चार क्लब नेपाल उर्लाबारीकाे २०आौं चुनावी साधारणसभाबाट नयाँ कार्य समिति निर्वाचित भएको छ ।
आज भएको निर्वाचनबाट अध्यक्ष २१ मतका साथ कुमार खड्का निर्वाचन भएका छन् । खड्काका प्रत्यासी घनश्याम भण्डारी र विजय धिमालले क्रमशः १७ र १ मत प्राप्त गरे । महासचिवमा तिलक नेपालीले २३ मत प्राप्त गर्दा प्रेम केडीले १७ मत पाई पराजित भए । अन्य पदहरुमा निर्वाचन भएन । समितिको उपाध्यक्षमा सुमन घिमिरे, सचिवमा अर्जुन (खगेन्द्र) राई, कोषाध्यक्षमा ईस्वर दुलाल र सदस्यद्वयमा रनुका भट्टराई र बेदना खड्का सर्वसम्मत निर्वाचित भएका हुन् ।


76 पटक हेरिएको 








