अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ४ जना पक्राउ

पथरी । अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित आज बिहान ८ बजे ४ जना पक्राउ गरिएको छ ।

मोरङ उर्लाबारी नगरपालिका वडा न. ३ मङगलबारे डेरा गरी बस्ने जीवन बिश्वकर्माको घरमा केही मानिसहरु भेला जम्मा भई प्रतिबन्धित लागु औषध खैरो हेरोईन (ब्राउन सुगर) को खरीद बिक्री गरी रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। निज जिवन बिश्वकर्माको डेराकोठा खानतलासी गर्ने क्रममा निज सुत्ने खाटको सिरानीमुनी कागजमा बेरिएर राखिएको १४ थान (पुरिया) ३९० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने खैरो पदार्थ (ब्राउन सुगर) फेला परेको थियो । सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं.- १९ तरहरा घर भई हाल मङगलबारे बस्ने बर्ष २४ को जीबन बिश्वकर्मा, मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.-१ बस्ने बर्ष ४० को सन्जय सहनी, बर्ष २९ को मिथुन मण्डल र बर्ष २५ को राम कुमार सहनी पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार