सार्वजनिक सुनुवाई कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ को आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम–२०८० सम्पन्न भएको छ ।
आज वडाको सभाहलमा भएको सो कार्यक्रममा वडाले आर्थिक वर्ष २०७९/०८० मा संचालित कार्यक्रम, योजनाहरूको सार्वजनिक सुुनुवाई गरिएको हो ।
वडा अध्यक्ष नविन कार्कीले वडाले आ.व. २०७९/०८० मा संचालित कार्यक्रम एवं प्रगति विवरणहरू प्रस्तुत गरे । यस्तै कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि, वडावासीले प्रश्न एवं जिज्ञासा राखेका थिए । ती जिज्ञासाहरुको उत्तर एवं वडाका भावी योजनाहरु संचालन बारे वडाध्यक्ष कार्कीले प्रष्टाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार