टोल सुधार समिति गठनपछि आपराधिक गतिविधि घटयो

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ को कार्यालयद्वारा गठित टोल सुधार समितिले सक्रियता बढाएको छ ।

लागू पदार्थ दुव्यर्सनीको समस्या व्यापक रुपमा फैलिरहेको साथै सो को प्रभावले गाउँवस्तीमा अपराधिक गतिविधि तीब्र रूपमा बढेको देखिएकोले त्यस्ता गतिविधिको नियमन तथा नियन्त्रणका लागि टोल सुरक्षा समिति गठन गर्ने निर्णय वडा समितिले गरेको थियो । वडा अध्यक्ष लोककिरण न्यौपानेले  टोल सुधार समितिको सकृयतापछि चोरी र लागुपदार्थको कारोबार घटेको बताएका छन् । भदौदेखि प्रहरी र वडाको रोहबरमा टोल सुधार समितिले नियमित गस्ती, शंकास्पदलाई होल्ड गरिरहेको छ । सुधार समितिले लागूऔषधसहित ६ जनालाई पक्राउ गरि प्रहरीलाई बुझाएको छ । वडा समितिले जरायो टोल ,भुजेल टोल, नमुनाचोक, अरबे टोल, नया सोमबारे, देउराली टोल सुधार समिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार