पथरी । नवौं संविधान दिवसको अवसरमा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ को कार्यालयले झण्डोत्तोलन गरेको छ । आज वडा कार्यालय परिसरमा वडा अध्यक्ष लोक किरण न्यौपानेले नेपालको झन्डा झण्डोत्तोलन गरेका हुन् । सरसफाइसहित भएको कार्यक्रममा सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि र कर्मचारी को उपस्थिति रहेको थियो । त्यस्तै पथरी शानिश्चरे नगरपालिकाको कार्यालयले पनि नवौं संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा फहराएको छ । नगर प्रहरीको अगुवाईमा नयाँ झण्डा फहराएर संविधान दिवस मनाएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडा अध्यक्ष तथा प्रवक्ता नविन कार्की, वडा अध्यक्षहरु लोकनाथ न्यौपाने, उद्धवराज बस्नेत, भीम राई, बिजय लिम्बु र नगरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


147 पटक हेरिएको 












