नगर प्रमुख तुम्वापोद्वारा पथरी शनिश्चरे क्रिकेट प्रिमियर मेघा अक्सन उदघाटन

पथरी । जाते मोडमा हुन लागेको पथरी शनिश्चरे क्रिकेट प्रिमियर लिग चौथो संस्करणको मेघा अक्सन  नगर प्रमुख मोहनप्रसाद तुम्वापो तुम्वापोले  उदघाटन गरेका छन् ।
लिगका अध्यक्ष विरोज मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शनिबार एक कार्यक्रमका बीच उदघाट गरेका हुन। प्रमुख अतिथि  प्रमुख तुम्बापोले नगरको लागि कृकेट खेल मैदान लागि पहल गरिरहेको बताएका छन् । `सबै खेल मैदान फुटबल को मात्रै रहेको छ।´ उनले भने, `वडा नम्बर १० मा रहेको शिबिरको खेलमैदान र जिरिखिम्तीमा रहेको खेलमैदान बनाउन सरोकारवालासङ्ग छलफल गरिरहेको छु । कार्यक्रममा  निवर्तमान नगर प्रमुख  दिलिप राई,  रेडस्टार माविका प्राचार्य टिएन तिम्सिना, लर्ड बुद्ध साकोसमा व्यवस्थापक गणेश राई, वडा नं ८ का वडा अध्यक्ष नवीन जंग कार्की, वडा नं ५ का वडा अध्यक्ष चेतन खड्का, ईलाका प्रहरी कार्यालय पथरीका  प्रमदेव शाह, सात वटा टिमहरूले सहभागिता जनाएका छन्।
आजको कार्यक्रमबाट सहभागी हुने क्लवहरुले खेलाडी अनुबन्धित गर्ने कार्यक्रम छ । कात्तिक १० गतेदेखि २४ गतेसम्म लिग संचालन हुदैछ । नगरको खेलाडीहरुलाई खेलकुदमा अब्बल बनाइ खेलकुदको माध्यमबाट देशको लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने उदेश्यले लिगको आयोजना गरिएको आयोजक कमिटीको सचिव राकेश राईले बताए । चौथो सिजनमा २ सय ३१ जना खेलाडीले आवेदन फारम भरेका छन । विभिन्न ३ ‘क्याटोगरी’ अन्तर्गत ती खेलाडी दर्ता भएका हुन् । आयोजकले अक्सनका लागि प्रकाशित गरेको खेलाडी ‘ड्राफ्ट’मा ५१ जना खेलाडी ‘ए क्याटोगरी’मा दर्ता भएका छन् । ३३ जना ‘बी’ मा र १ सय ४९ जना ‘सी क्याटोगरी’मा दर्ता भएका छन् । ‘क्याटोगरी ए’ मा दर्ता भएका खेलाडीको ३ हजार ‘वेस प्राइज’ तोकिएको छ भने ‘बी’ को २ हजार र ‘सी’ को १ हजार ‘वेस प्राइज’ तोकिएको छ । हरेक टिमका लागि ५० हजार रुपयाँ ‘वालेट’ राखिएको छ । ९ वर्षका खेलाडी सौरभ बस्नेतदेखि  ४५ वर्षका खेलाडी राज बस्नेतसमेतले आवेदन दिएको सचिव राईले बताए । पहिलो संस्करणको विजेता रोयल किङ, दोस्रो र तेस्रो संस्करणको विजेता ईबीसी सात बाघसँगै आइतबारे अस्त्र, वीरेन्द्रनगर स्टिल टाइगर्स, बुद्ध युनाइटेड, क्लासिक एलाभेन हसन्दह र गोर्खा लिजेण्डसले लिगमा सहभागी जनाउनेछ ।
७ क्लब मध्ये अघिल्लो तेस्रो संस्करणमा सहभागी ४ क्लबले खेलाडी रिर्टन गरेका छन् भने नव प्रवेशी गोर्खा लिजेन्डसले २ खेलाडीलाई मार्की खेलाडीका रुपमा अनुवन्धन गरेका छन् । २ क्लबले भने कुनै खेलाडीलाई रिटर्न नगरेको आयोजकले जनाएको छ । सातबाघले अनिस लुइटेल र आस्विन महतलाई रिर्टन गरेको छ भने वुद्ध युनाइटेडले राकेश राई, क्लासिक इलाभेन हसदन्हले सुजन खत्री र संन्जीव धिमाल र आइतवारे अस्त्रले आर्दश कार्कीलाई रिर्टन गरेको छ । नयाँ क्लब गोर्खा लिजेन्डसले आभाष पाहिम र योगेश श्रेष्ठलाई मार्कीका रुपमा अनुबन्धन गरेको छ ।


पथरी शनिश्चरे नगरपालिका कार्यालयको मुख्य प्रायोजनमा हुने लिगमा अनुमानित १० लाख रुपैयाँ खर्च हुने बताइएको छ । पथरी शनिश्चरे नगरपालिकाबाट ७ लाख ५० हजार रुपैयाँ, फर्म वापत २१ हजार, टिम दर्ता वापत ७० हजार र प्रिमियर लिग समितिबाट १ लाख ९ हजार रुपैयाँ आय हुने अनुमान आयोजकले गरेको छ । खेल सम्पन्न गर्न आफैमा चुनौति रहेपनि सबैको साथ र सहयोगबाट भब्य र सभ्य रुपमा प्रतियोगिताको कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजक कमिटीका अध्यक्ष बिरोज मगरले बताए । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ३१ हजार नगद, ट्रफि र मेडल र प्रमाणपत्र रहनेको छ । दोस्रोले  हजार ७१ सय ११ रुपयाँ प्राप्त गर्नेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार