प्रदेश प्रमुखद्वारा असोज २६ गतेभित्र दाबी पेश गर्न आव्हान

बिराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङ्ले असोज २६ गते शुक्रबार अपरान्ह ५ः०० बजेभित्र सरकार गठनको लागि दाबी पेश गर्न आव्हान गरेका छन् ।

प्रमुखद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ` नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई मिति २०८० असोज २६ गते शुक्रबार अपरान्ह ५ः०० बजेभित्र दाबी पेश गर्न आव्हान गर्नुभएको छ ।´ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार