बिराटनगर । नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेका ६ जना प्रतिवादीहरु मध्ये ३ जना पुर्पक्षको लागि कारागार चलान र ३ जना प्रतिवादीहरू धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ । उनीहरूले गत असार १४ गते विराटनगर महानगरपालिका वडा नं.९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको शिशु बेपत्ता पारेका थिए । भोजपुर, हतुवागढी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २७ का गोविन्द राईको शिशुलाई विराटनगर महानगरपालिका वडा नं. २ घर भई दिपेश मेडिकल हल संचालक बर्ष ६८ को डा. तपेश्वर लाल कर्ण र रकम दिई शिशु लिने कटहरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष ३० को सुर्य नारायण राजवंशी पुर्पक्षको लागि कारागार चलान भएका छन् । बिराटनगर महानगरपालिका वडा नं.९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत बर्ष ३३ की सुधा राजवंशीलाई २ लाख, सिराहा, कल्याणपुर नगरपालिका वडा नं. १२ वस्ने वर्ष ३८ की निर्मला यादवलाई १ लाख र कटहरी गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४६ की दिलमाया राजबंशीलाई १० हजार धरौटी माग भएको प्रहरीले जनाएको छ ।


74 पटक हेरिएको 








