विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई प्रदेश
सांसदल्र बिहिवार दाबी पेस गरेका छन् ।
नेपाली कांग्रेसका सांसद केदार कार्की र माओवादी केन्द्रका इन्द्र बहादुर आङ्बो मौसमले दाबी पेस गरेका छन् । कार्कीले एमालेका सांसदसहितको समर्थनमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदसहित दाबी गरेका हुन् ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी पेस गरेका छन् । आङ्बोलाई नेपाली काङ्ग्रेस, माओवादी, नेकपा एकीकृत समाजबादी र जनता समाजबादी पार्टी नेपालको समर्थन रहेको छ ।
कार्की र आङ्बोले संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् ।


122 पटक हेरिएको 












