लर्ड बुद्धको २१ औं साधारणसभा: २ जना सम्मानित र ५ जना पुरस्कृत

पथरी । लर्ड बुद्ध वचत तथा ऋण सहकारी सस्था लिमिटेड पथरी शनिश्चरेले सात जनालाई सम्मान तथा पुरस्कृत गरेको छ ।


आइतबार सस्थाको २१ औं  साधारण सभाको अवसरमा सम्मान तथा पुरस्कृत गरेको हो ।  सहकारीले पूर्व सन्चालकद्वय निमा कुमारी तामाङ र मान बहादुर लिम्बूलाई पूर्व संचालक सम्मानद्वारा सम्मान गर्‍यो । त्यस्तै उत्कृष्ट वचत कारोबारकर्ता पुरस्करबाट पबित्रा देबी गजुरेल र गणेश राई, उत्कृष्ट  ऋण कारोबारकर्ता पुरस्कारबाट रन्जिता गुप्ता र धन बहादुर तामाङ र उत्कृष्ट बाल वचतकर्ता पुरस्कारबाट लक्ष्मी गुप्तालाई पुरस्कृत गरेको छ । सम्मान तथा पुरस्कार संविधान सभा सदस्य  चन्डीप्रसाद राई, निवर्तमान नगर प्रमुख दिलिप कुमार राई, सस्थाका अध्यक्ष धनराज राईले वितरण गरेका हुन् ।
सभामा समितिका सचिब महेन्द्र ढुंगानाद्वारा प्रस्तुत वार्षिक कार्य प्रगति विवरण र प्रस्तावित वार्षिक कार्ययोजना प्रतिवेदन र कोषाध्यक्ष दोर्णबहादुर खड्काद्वारा प्रस्तुत आर्थिक तथा लेखा परीक्षण तथा प्रस्तावित बजेट प्रतिवेदन पास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार