पथरीशनिश्चरे प्रिमियर लिग: डिफेन्डिङ च्याम्पियन सातबाघ पराजित

पथरी । चौथो पथरीशनिश्चरे प्रिमियर लिग अन्तर्गतको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पीयन सात बाघ पराजित भएको छ । सातबाघलाई ३४ रन अन्तरले पराजित गर्दै रोयल किङ विजयी भएको हो ।

लिगको प्रथम संस्करण विजेता रोयल किङले टस हारेर ब्याटिङमा उत्रिदा २० ओभरमा ८ बिकेट गुमाएर १ सय ३४ रन बनाउन सफल भएको थियो । रोयलको तर्फबाट शिवम यादबले नट आउट ३७ बनाउदा महेश कार्कीले २७ रनको योगदान गरेका थिए । संन्जय प्याक्राले १७ रन बनाए । सातबाघ लागि फिर्दोस अन्सारीले ४ बिकेट लिदा अस्विन महतले ३ बिकेट लिए । रोयलका शिवन यादब, राज बस्नेत, दिवस राजबंशी र सुवास भण्डारीले समान २/२ बिकेट लिए । भोलि(कात्तिक ११ गते)को पहिलो खेल बिहान ९ बजेदेखि बीएसटी र गोर्खा लिजेन्ट र दोस्रो खेल आइतबारे अस्त्र र रोयल किङबिच हुने आयोजकले जानकारी दिएको छ ।

लिगको उदघाटन पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले रिवन काटेर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार