पथरी । ‘हाम्रो पथरी, स्वच्छ सुन्दर पथरी’ भन्ने मूल नाराका साथ आज पथरी बजारमा सरसफाई गरिएको छ ।
वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति पथरीशनिश्चरे–१ को आयोजनामा भएको सरसफाई अभियानमा वडा नं. १ का अध्यक्ष भीम राईको अगुवाई गरे । बिहान ७ बजे गोर्खा डिपार्टमेन्टबाट सुरु भएको अभियान पूर्व बस स्टेण्ड हुँदै पश्चित बस स्टेन्डमा गएर समापन गरिएको थियो । अभियानका क्रममा फोहोर मैला साथै अनावश्यक तारहरु काटेर हटाइएको थियो । अभियानमा नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, नेपाल प्रहरी र ट्राफिक प्रहरीको सहभागिता रहेको थियो ।


81 पटक हेरिएको 












