ब्राउन सुगर सहित २ जना पक्राउ

सुनसरी । जिलाको दुहबी नगरपालिका- ५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ ८ बजे ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बीआर ३८ अई ६०७५ को नम्बरको मोटरसाईकललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको हो । मोटरसाईकल चालक देश भारत जोगबनीका २७ बर्षीय सोनु कुमार चौधरीले लगाएको मोटरसाईकलको हेलमेट भित्र लुकाई राखेको अवस्थामा ७० ग्राम ५ मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको हो । चौधरीको मोटरसाइकल पछाडि सवार रहेका भारत जोगबनीका बलबिर रामलाई पनि पक्राउ गरेको छ। प्रहरीले सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार