मिक्लाजुङ(मोरङ) । स्व. तिलक बान्तावा राईको तेस्रो पुण्यतिथिमा परिवारजनले ८० जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ ।
टाँडी मावि मिक्लाजुङ १ टाडीका कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको हो । इमान्दार राजनितिक तथा ब्यवसायी राई को २०७७ मंसिर ९ गतेको कोरोना भाइरस संक्रमण भएर ६६ वर्षको उमेरमा निधन भएको थियो । २०११ कात्तिक १२ गतेको दिन टाँडी गाउँ पंचायत, बतासे हाल मिक्लाजुङ गाउँपालिकामा जन्म भएका राईले पथरीशनिश्चरे १ मोरङलाई कर्मथलो बनाएर साविक पथरी गाबिसका अध्यक्ष समेत भएका थिए । तिलक बान्तावा राई स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक “तिलक बान्तावा राई स्मृति ग्रन्थ” मा १ सय २५ जना लेखकहरुले स्मरण गर्दै योगदानको स्मरण गरेका छन ।


161 पटक हेरिएको 







