रुखले किचेर २ जनाको मृत्यु

बिराटनगर । खोटाङ र तेह्रथुम जिल्लाको छुट्टा छुट्टै स्थानमा रुख काट्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका-४ का ५४ बर्षीय धन बहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा रुखले किच्दा घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । त्यसै गरी खोटाङको जन्तेढुङगा गाउँपालिका-३ का ६३ बर्षीय दिर्पमान राईले घर बनाउनको लागि उत्तिसको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थालमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार