माङ्सेबुङ(इलाम) । प्रस्तावित आत्मानन्द रंगशाला माङ्सेबुङमा भएको खेलमा पाहुना टिम भारत दार्जिलिङको एमएफसीले सिरहाको गोलबजारलाई ३–१ गोलान्तरले पराजित गरेको छ ।
एमएफसीका सुजल मुण्डाले खेलको दोस्रो मिनेटमै विपक्षीको गोलपोस्टमा जाली चुमाए । गोलबजारका मनिष मगरले ११औं मिनेटमै जबाफी गोल फर्काउदै एमएफसीसङ्ग बदला लिए । ३७ औं मिनेटमा एमएफसीका सुजल मुण्डाले दोस्रो गोल गरेपछि पहिलो हाफमा एक गोलले अग्रता लियो । पुनः दोस्रो हाफको २२ औं मिनेटमा एमएफसीका लागि श्याम मुर्मुले अर्काे गोल थपे । खेलको ‘म्यान अफ् दि म्याच’ एमएफसीका मुन्डा नै घोषित भए । उनले नगद २ हजार ५ सय रुपैयाँ पाए । अब एमएफसीले बुधबार तिजोक फुटबल क्लब पाँचथर सामना गर्नुपर्नेछ । भोलिको पहिलो सेमिफाइनल आयोजक माङसेबुङ गाउँपालिका र मोरङको सिरिजंगा स्पोर्टिङ क्लबबीच हुने प्रतिष्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन ।
फाइनल आउँदो मङ्सिर १७ गते हुनेछ । विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेताले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औं जन्मोत्सव अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।


144 पटक हेरिएको 












